काठमाडौं-४ मा रास्वपाका बम अगाडि

फाल्गुन २२, २०८२ |रासस
काठमाडौं-४ मा रास्वपाका बम अगाडि

काठमाडौं । काठमाडौं प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम नौ हजार ८ सय २१ मतसहित अग्रस्थानमा हुनुहुन्छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार दिउँसो १ः३० बजेसम्मको गणनामा नेपाली कांग्रेसका सचिन तिमल्सिनाले दुई हजार ७ सय ४४ र नेकपा (एमाले)का डा. राजन भट्टराईले दुई हजार ३ सय २७ मत प्राप्त गर्नुभएको छ ।

यस क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र गरी कुल २८ उम्मेदवार रहेका छन् ।