डडेलधुरामा मतगणना जारी : राष्ट्रिय स्वतन्त्र पार्टीका जोशी अग्रस्थानमा

फाल्गुन २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
डडेलधुरामा मतगणना जारी : राष्ट्रिय स्वतन्त्र पार्टीका जोशी अग्रस्थानमा

डडेलधुरा । डडेलधुरामा जारी प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ।

जिल्लाको एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा हालसम्म २ हजार ६ सय मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ताराप्रसाद जोशी अग्रस्थानमा देखिनुभएकाे छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयकाअनुसार हालसम्म गणना भएका २ हजार ६ सय मतमध्ये २ हजार ४ सय ५३ मत सदर भएका छन् भने १ सय ४७ मत बदर भएका छन्।

सदर मतमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका जोशीले १ हजार ५२ मत प्राप्त गर्दै अग्रता लिनुभएकाे छ । नेपाली कांग्रेसका नैनसिंह महरले ५०८ मत पाएका छन् भने नेपाल कम्युनिष्ट पार्टीका मानसिंह माल ५ सय ३० मतसहित दोस्रो स्थानमा हुनुहुन्छ।

त्यस्तै नेकपा (एमाले)का चक्रप्रसाद स्नेहीले ३ सय १७ मत प्राप्त गर्नुभएकाे छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका गोविन्द खडायतले १८ मत पाउनुभएकाे छ। अन्य उम्मेदवारतर्फ जय मातृभूमि पार्टीका लक्ष्मीदत्त भट्टले १२ मत, राष्ट्रिय जनमोर्चाका चन्द्रदेव बिकले ४ मत पाएका छन्। 

स्वतन्त्र उम्मेदवार तीर्थराज उप्रेतीले चार मत प्राप्त गर्नुभएकाे छ भने श्रम संस्कृति पार्टीका महेन्द्र पुन मगरले २ मत पाउनुभएकाे छ। स्वतन्त्र उम्मेदवार गोरखबहादुर ऐरले १ मत प्राप्त गर्नुभएकाे छ। डडेलधुरा जिल्लामा एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको छ भने मतगणना जारी रहेको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.