
कैलाली । कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा जारी मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ।
हालसम्म १ हजार ५ सय ७२ मत गणना भएको निर्वाचन कार्यालयले जनाएको छ। प्राप्त विवरणअनुसार नेपाली कम्युनिष्ट पार्टीका विरमान चौधरीले सबैभन्दा बढी ६ सय ४ मत प्राप्त गर्दै अग्रता लिनुभएकाे छ । यस्तै कांग्रेसका भिम बड्वालले २ सय १५ मत पाउनुभएकाे छ । यो क्षेत्रमा रास्वपाका जगत जोशीले २ सय ७५ मत ल्याउनुभएकाे छ भने नेकपा (एमाले)का गौरीशंकर चौधरीले १ सय ३ मत पाउनुभएकाे छ। चकियाले २ सय ५२ मत प्राप्त गरेको छ।
त्यसैगरी ८३ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यो क्षेत्रमा कुल मतदाता सङ्ख्या १ लाख ९ हजार १ सय २२ छ भने खसेको मत ६० हजार २ सय ९४ रहेको छ ।