
पर्सा । पर्सा जिल्लाका चारवटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा शुक्रबार बिहानबाट मतगणना सुरू भएको छ।
निर्वाचन क्षेत्र नं. १ र २ को मतगणना शुक्रबार बिहान करिब ११ बजेदेखि वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा सुरू गरिएको हो। यस्तै निर्वाचन क्षेत्र नं. ३ र ४ को मतगणना पनि शुक्रबार बिहानैबाट सुरू भएको छ। क्षेत्र नं. ३ का निर्वाचन अधिकृत बुद्धीलाल श्रेष्ठका अनुसार सो क्षेत्रमा बिहान करिब ९ बजेदेखि मतगणना सुरू गरिएको हो भने क्षेत्र नं. ४ मा बिहान १० बजेदेखि मतगणना सुरू गरिएको छ।
क्षेत्र नं. ३ र ४ को मतगणना पोखरिया नगरपालिकास्थित रामदेव कलवार उच्च माध्यमिक विद्यालयमा भइरहेको छ। मतगणना सुरू भए पनि शुक्रबार दिउँसो सवा १२ बजेसम्म कुनै पनि निर्वाचन क्षेत्रबाट पहिलो चरणको नतिजा सार्वजनिक भइसकेको छैन।