अमेरिकी सेनाले चाँडै इरानी हवाई क्षेत्रमा पूर्ण प्रभुत्व कायम गर्छः ह्वाइट हाउस

फाल्गुन २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
अमेरिकी सेनाले चाँडै इरानी हवाई क्षेत्रमा पूर्ण प्रभुत्व कायम गर्छः ह्वाइट हाउस

काठमाडाैं । ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेविटले अमेरिकी सेनाले आगामी केही घण्टाभित्र इरानी हवाई क्षेत्रमा पूर्ण र समग्र प्रभुत्व कायम गर्ने बताउनुभएको छ ।

ह्वाइट हाउसको दैनिक प्रेस ब्रिफिङमा लेविटले अमेरिका आगामी केही घण्टामा इरानी हवाई क्षेत्रमा पूर्ण र समग्र प्रभुत्व कायम गर्ने अपेक्षा गरेको बताउनु भयो । उहाँले इरानमा अमेरिकी स्थल सेना पठाउने हाल कुनै योजना नरहेको बताउनु भयो ।

यद्यपि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि भविष्यमा यो विकल्पका लागि आफू खुला रहेको बताउनुभएको थियो । यसअघि अमेरिकी रक्षामन्त्री पिट हेगसेथले पेन्टागनको ब्रिफिङमा इरानविरुद्धको अमेरिका–इजरायल सैन्य कारबाही अझै प्रारम्भिक चरणमै रहेको बताउनुभएको थियो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.