
कैलाली । कैलाली क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम गरेको छ।
अहिलेसम्म २ हजार ९ सय ६० मत गणना गर्दा रास्वतपा उम्मेदवार कोमल ज्ञवालीले ८ सय ६२ मत, जनकराज चौधरीले ७ सय १७ मत, स्वतन्त्र उम्मेदवार फागुराम थारुले ६ सय ४६ मत, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रामलाल डगौरा थारुले २०७ मत, नेकपा (एमाले)का द्वारिकाप्रसाद न्यौपानेले १ सय ८९ मत, उज्यालो नेपाल पार्टीका उम्मेदवार प्रदिपकुमार चौधरीले १ सय २२ मत पाउनु भएको छ ।
यो क्षेत्रमा १ लाख ८ हजार ४९१ मतदाता छन् भने ५९ हजार ६३ मत खसेको छ।