तेह्रथुममा एमालेका उम्मेदवार भानुभक्त ढकालको अग्रता कायमै

फाल्गुन २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
तेह्रथुममा एमालेका उम्मेदवार भानुभक्त ढकालको अग्रता कायमै

तेह्रथुम । पछिल्लो मतगणना परिणाम अनुसार तेह्रथुममा नेकपा (एमाले)का उम्मेदवार भानुभक्त ढकालले अग्रता कायमै राख्नुभएकाे छ । ढकालले ३ हजार ५ सय १७ मत प्राप्त गर्नुभएकाे छ ।

नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बाले ३ हजार ४ सय २२ मत प्राप्त गरी एमालेका उम्मेदवार ढकाललाई पछ्याइरहनुभएकाे छ । ढकाल सुब्बाभन्दा ९५ मत अन्तरले अगाडी हुनुहुन्छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेन्द्र कार्कीले २ हजार ८ सय ४७ मत प्राप्त गर्नुभएकाे छ । त्यस्तै श्रम संस्कृति पार्टीका उम्मेदवार सुविन्द्र कुमार लिम्बुले १ हजार ५ सय ३० र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रनध्वज लिम्बुले २ सय ६६ मत प्राप्त गर्नुभएकाे छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.