रूपन्देही-२ मा रास्वपाका सुलभ खरेल झन्डै १० हजार मतले अगाडि

फाल्गुन २२, २०८२ |अमृता अनमोल
रूपन्देही-२ मा रास्वपाका सुलभ खरेल झन्डै १० हजार मतले अगाडि

बुटवल । प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता फराकिलो पार्दै गएको छ ।

अहिलेसम्मको मत परिणामअनुसार रास्वपाका सुलभ खरेलले १३ हजार ८६९ मत ल्याउनु भएको छ। एमाले विष्णु पौडेलले जम्मा ३ हजार १३३ मत पाउनु भएको छ ।

नेपाली कांग्रेस चुन्नु पौडेलको १ हजार ७ सय ७९ मत छ । नेकपा विश्वदिप पाण्डेले ४०५ मत ल्याउनु भएको छ । यस क्षेत्रमा कुल एक लाख ३५ हजार ५० मतदाता रहेका भएकामा ८६ हजार ५१० मत खसेको थियो ।


Image

अमृता अनमोल

अनमोल कान्तिपुर टेलिभिजन रुपन्देही संवाददाता हुन् ।