ट्रम्पद्वारा गृहमन्त्री क्रिस्टी नोएम बर्खास्त

फाल्गुन २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
ट्रम्पद्वारा गृहमन्त्री क्रिस्टी नोएम बर्खास्त

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गृहमन्त्री क्रिस्टी नोएमलाई बर्खास्त गर्नुभएको छ । नोएमको नेतृत्वलाई लिएर दुवै दल (रिपब्लिकन र डेमोक्र्याट) मा असन्तुष्टि बढ्दै गएको बीचमा यो निर्णय आएको हो । ट्रम्पको दोस्रो कार्यकाल शुरु भएपछिको यो पहिलो क्याबिनेट हेरफेर हो । यो घोषणा अमेरिकी सञ्चारमाध्यमले राष्ट्रपतिले नोएमलाई बर्खास्त गर्ने विचार गरिरहेको रिपोर्ट गरेलगत्तै आएको हो । मिनियापोलिसमा संघीय कानुन प्रवर्तन अधिकारीहरूले दुई अमेरिकी नागरिकको गोली हानी हत्या गरेपछि नोएम दुवै दलको दबाबमा हुनुहुन्थ्यो । नोएमसँग पहिले नै रुष्ट रहनुभएका ट्रम्प यस हप्ता कंग्रेसनल सुनुवाईको क्रममा उहाँको प्रदर्शनबाट आक्रोशित हुनुभएको थियो । मिनियापोलिसमा दुई अमेरिकी नागरिकको गोली हानी हत्या भएपछि नोएमले हालैका हप्ताहरूमा बढ्दो दबाबको सामना गरिरहनुभएको थियो । जनवरी ७ मा, अध्यागमन र भन्सार प्रवर्तन अधिकारीले ३७ वर्षीय अमेरिकी नागरिक रेनी गुडको गोली हानी हत्या गरेका थिए । जनवरी २४ मा, सीमा गस्ती अधिकारीहरूले ३७ वर्षीय अमेरिकी नागरिक एलेक्स प्रेटीको गोली हानी हत्या गरेका थिए । अमेरिकी होमल्याण्ड सेक्युरिटी विभागको सेक्रेटरीलाई सिनेटले अनुमोदन गर्नुपर्छ जहाँ रिपब्लिकनहरूको बहुमत छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.