काठमाडौँ–१ मा रास्वपाकी न्यौपाने अगाडि

फाल्गुन २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
काठमाडौँ–१ मा रास्वपाकी न्यौपाने अगाडि

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु न्यौपानेले १३ हजार ५ सय ९१ मत प्राप्त गर्नुभएको छ ।

मुख्य निर्वाचन अधिकृत चुरामन खड्काकाअनुसार नेपाली कांग्रेसका प्रबल थापा क्षेत्रीले पाँच हजार ६सय ९६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले तीन हजार ५०७ मत प्राप्त गर्नुभएको छ ।

हालसम्म २६ हजार २ सय १६ मत गणना भएकामा २५ हजार ६०० सदर र ६ सय १६ मत बदर भएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.