
दाङ । दाङमा ५८ दशमलव ३३ प्रतिशत मतदान भएको छ ।
तीन निर्वाचन क्षेत्र रहेको दाङमा सबैभन्दा धेरै क्षेत्र नम्बर ३ मा मतदान भएको छ । एक लाख ४० हजार १ मतदाता रहेको क्षेत्र नम्बर १ मा ८० हजार ९ सय २० मत खसेको छ । एक लाख ४० हजार ९४८ मतदाता रहेको क्षेत्र नम्बर २ मा ८२ हवार ६ सय २६ मत खसेको छ । सबैभन्दा धेरै मतदाता रहेको ३ मा ८८ हजार २ सय ७३ मत खसेको छ ।
क्षेत्र नम्बर ३ मा एक लाख ५० हजार ६६७ मतदाता रहेका छन् । क्षेत्र नम्बर १ को लमहीमा, क्षेत्र नम्बर २ को घोराहीमा र क्षेत्र नम्बर ३ को तुलसीपुरमा अहिले मतपेटिका संकलनको काम भइरहेको छ । राति ११ बजेसम्म मतपेटिका संकलनको काम सकिने मुख्य निर्वाचन अधिकृत प्रकाशप्साद पण्डितले जानकारी दिनु भएको छ ।
शुक्रबार बिहान ७ बजेदेखि तीनवटै निर्वाचन क्षेत्रमा सर्वदलीय बैठक बसेर मतगणनाको काम अघि बढ्ने पनि मुख्य निर्वाचन अधिकृत पण्डितले बताउनु भएको छ ।