सल्यानमा भाेलि बिहानदेखि मतगणना हुने

फाल्गुन २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
सल्यानमा भाेलि बिहानदेखि मतगणना हुने

सल्यान । सल्यानमा शुक्रबार बिहानदेखि प्रतिनिधि सभाको निर्वाचनको मतगणना हुने भएको छ।

मुख्य निर्वाचन अधिकृत प्रलाद कुमार योगीकाअनुसार खलंगास्थित जिल्ला समन्वय समितिको हलमा रहेको मतगणना स्थलमा मतपेटिका ल्याउने काम भइरहेको छ ।

रातिको १२ बजेसम्म जिल्लाका सबै मतदान केन्द्रबाट मतपेटिका आइसक्ने र रातिमा सुरू गर्न गाह्रो हुने भएकाले राजनीतिक दल र स्वतन्त्र उमेदवारसँग छलफल गरेर शुक्रबार बिहान सर्वदलीय बैठक बसि मतगणना सुरू गरिने मुख्य निर्वाचन अधिकृत योगीले जानकारी गराउनुभयाे ।

धमाधम मतपेटिका ल्याउने काम भइरहेकाले सबै मतपेटिकालाई सीलबन्दी गरेर सुरक्षा घेराभित्र राखिने उहाँको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.