
काठमाडौं । निर्वाचन सम्पन्न भएसँगै ६ महिना लामो संक्रमण पनि अन्त्य भएको छ ।
गत २७ भदौमा ६ महिनाभित्र निर्वाचन सम्पन्न गर्ने मुख्य कार्यभारसहित सरकार सम्हाल्नु भएकी प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो जिम्मेवारी पूरा गरेकोमा खुसी व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री कार्कीले काठमाडौंको टोखा नगरपालिका–४ स्थित आधारभूत स्वास्थ्य सेवा मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको हो।
भोट हालेपछि संक्षिप्त कुरा गर्दै उहाँले आफूले पाएको जिम्मेवारी पूरा भएकोमा निकै खुसी लागेको बताउनुभयो । बिहीबार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन भएको हो ।