जितपुरसिमराका निलम्बित वडाध्यक्ष पक्राउ

फाल्गुन २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
जितपुरसिमराका निलम्बित वडाध्यक्ष पक्राउ

बारा । प्रहरीले जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ बजनी गाउँका वडाध्यक्ष ताराबहादुर कार्कीलाई बिहीबार पक्राउ गरेको छ । 

सरकारी किर्ते कागज र छाप गरेको आरोपमा उनलाई बजनी मतदान केन्द्रबाट नियन्त्रणमा लिइएको सिमरा इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलिप क्षेत्रीले बताउनुभयाे । उनी प्रहरीको फरार सूचीमा रहेको र मतदान गर्न गएको बखत उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताउनुभयाे । 

तत्कालीन नेकपा (माओवादी)को तर्फबाट निलम्बित वडाध्यक्ष कार्की २०७९ को स्थानीय तहमा निर्वाचित थिए । भ्रष्टाचार मुद्दामा उनी पछिल्लो दुई वर्षदेखि निलम्बित छन् । नेकपा (एमाले) निकटका विद्यार्थी संगठन अनेरास्ववियूका तत्कालीन जिल्ला अध्यक्ष र केन्द्रीय सदस्यसमेत भएका कार्की बाबुराम भट्टराई प्रधानमन्त्री रहँदा उनका स्वकीय सचिव थिए । 

भट्टराई नयाँ शक्ति पार्टी खोलेपछि उनी माओवादीमै रहिरहे पछि माओवादीबाट उनी वडाध्यक्ष भए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.