
बारा । प्रतिनिधि सभाको लागि मतदान सकेपछि मतपेटिकाहरू मतगणना स्थलतर्फ लगिँदै छ ।
चारवटा निर्वाचन क्षेत्रको कुल ५ सय ८७ मतदान केन्द्रको मतपेटिका क्षेत्रै पिच्छेको निर्वाचन अधिकृतको कार्यालयमा लगिँदैछ । निर्वाचन क्षेत्र नम्बर १ मतगणना स्थल कोल्हवी नगरिालिका, २ को महागढीमाई नगरपलिका कार्यालयमा लगिँदैछ ।
यसैगरी ३ नम्बर निर्वाचन क्षेत्रको जिल्ला समन्वय समितिको कार्यालय कलैया र ४ नम्बरको जितपुसिमरा उपमहानगरपालिकाअन्तर्गत राष्ट्रिय उखु बाली अनुसन्धान केन्द्रको कार्यालयमा मतगणना हुने सहायक प्रमुख जिल्ला अधिकारी छबिरमण भट्टराईले बताउनुभयाे ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत राजकुमार दाहालकाअनुसार चारवटै निर्वाचन क्षेत्रमा ६५ प्रतिशत मत खसेको बताउनुभयाे । क्षेत्र नम्बर १ मा १ लाख २३ हजार ९ सय ८५, क्षेत्र नम्बर २ मा १ लाख १३ हजार ८ ३९, क्षेत्र नम्बर ३ मा १ लाख १३ हजार ५ सय २१ र क्षेत्र नम्बर ४ मा १ लाद १४ हजार ४ सय ३९ मतदाता गरी चारवटै निर्वाचन क्षेत्रमा कुल ४ लाख ६५ हजार ७ सय ८४ मतदाता छन् ।