चितवनमा मतदान सम्पन्न, मतपेटिका गणनास्थल आउन सुरू

फाल्गुन २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
चितवनमा मतदान सम्पन्न, मतपेटिका गणनास्थल आउन सुरू

चितवन । प्रतिनिधि सभा सदस्य निर्वनचनको मतदान सकिएसँगै चितवनका विभिन्न मतदान केन्द्रबाट मतपेटिकाहरू बिहिबार साँझबाट गणना स्थलमा आउन सुरू भएका छन् । 

१ सय ६८ मतदान केन्द्र रहेको चितवन-१ मा मतपेटिका गणना केन्द्र आएर बुझ्न सुरू गरेको निर्वाचन अधिकृत विकासकुमार रजगले बताउनुभयाे । चितवन-२ का मुख्य निर्वाचन अधिकृत केदारनाथ पौडेलले पनि मतपेटिका गणनास्थलमा आउन सुरू भएको जानकारी दिनुभयाे । 

चितवन-३ का निर्वाचन अधिकृत बालकृष्ण निरौलाले सबै मतदान केन्द्रमा मतदान सकिए पनि साँझ ६ बजेसम्म मतपेटिका गणनास्थलमा आई नपुगेको बताउनुभयाे । उहाँले चितवन-३ मा ६० प्रतिशतभन्दा माथि मतदान भएको प्रारम्भिक विवरण आएको जानकारी दिनुभयाे । 

चितवन जिल्लामा समग्र कतिले मतदान गरे भन्ने विवरण लिने काम भइरहेको चितवनका जिल्ला निर्वाचन अधिकारी भिमसेन कार्कीले बताउनुभयाे ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.