उपल्लो डोल्पाका २३ मतदान केन्द्रबाट मतपेटिका संकलन गर्न हेलिकप्टर आइपुग्यो

फाल्गुन २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
उपल्लो डोल्पाका २३ मतदान केन्द्रबाट मतपेटिका संकलन गर्न हेलिकप्टर आइपुग्यो

डोल्पा । हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने माथिल्लो डोल्पाका २३ मतदान केन्द्रबाट मतपेटिका संकलन गर्न हेलिकप्टर प्रयोग गरिने भएको छ ।

भाैगोलिक रूपमा विकट उपल्लो डोल्पामा मतपेटिका सुरक्षित रूपमा ढुवानी गर्न हेलिकप्टर प्रयोग गरिने भएको हो । शुक्रबार बिहानैदेखि हेलिकप्टरबाट उपल्लो डोल्पाका सबै मतदान केन्द्रका मतपेटिका ढुवानी सुरू गरिने प्रमुख जिल्ला अधिकारी जुनु हमालले जानकारी दिनुभयाे ।

मतपेटिका ढुवानी गर्नकालागि जिल्लामा हेलिकप्टर आइपुगेको प्रजिअ हमालले बताउनुभयाे । तल्लो क्षेत्रका मतदान केन्द्रबाट भने गाडीबाट मतपेटिका ढुवानी गरिने उहाँको भनाइ छ । स्थायी र अस्थाई गरेर कुल ७० वटा मतदान केन्द्र भएको डोल्पामा स्वच्छ, मर्यादित एवं शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उहाँका अनुसार डोल्पामा कुल ६६,१६ प्रतिशत मत खसेको छ भने संख्यात्मक हिसाबमा भन्नुपर्दा १५ हजार ९ सय ५६ मत खसेको कार्यालयको भनाइ छ । कुल मतदाता २४ हजार १ सय १५ रहेको डोल्पामा ८ हजार १ सय ५९ मत भने खसेन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.