सिन्धुपाल्चोकमा ३ बजेसम्म ४१ प्रतिशत मतदान

फाल्गुन २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
सिन्धुपाल्चोकमा ३ बजेसम्म ४१ प्रतिशत मतदान

सिन्धुपाल्चोक । जिल्लामा दुई प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकमा ३ बजेसम्म ४१ प्रतिशत मत खसेको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयकाअनुसार कुल मतदातामध्ये दिउँसो ३ बजेसम्म ४१ प्रतिशतले मतदान गरेका हुन् । तीन नगर र नौ गाँउपालिका रहेको सिन्धुपाल्चोकमा दुई क्षेत्रमा २ लाख ७४ हजार ९ सय ९८ मतदाता छन् । जसमध्ये हालसम्म एक लाख १३ हजार ४ सय ३५ मतदाताहरूले मतदान गरेका छन् । 

जसमा महिला ५० हजार ९ सय ७५ र पुरुष ६२ हजार ४ सय ६१ मतदाता छन्। मुख्य निर्वाचन अधिकृत रिता बख्रेलकाअनुसार सम्पूर्ण तयारीसहित दुई क्षेत्रमा मतदान ५ बजेसम्म चल्नेछ । 'दुई क्षेत्रमा बिहान ७ बजेबाट मतदान सुरु भएको थियो , मतदाता उत्साहित भएर मतदानमा आएका छन् ,'उहाँले भन्नुभयाे ।  

जिल्लामा १ सय ४६ मतदानस्थल र ३ सय ३८ मतदान केन्द्र छन् । सिन्धुपाल्चोक-१ मा ८३ मतदान स्थल र १ सय ७२ केन्द्र कायम छन्।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.