दैलेखमा ४४.५५ प्रतिशत मतदान

फाल्गुन २१, २०८२ |चक्र भण्डारी
दैलेखमा ४४.५५ प्रतिशत मतदान

दैलेख । जिल्लामा कुल १ लाख ६१ हजार २०४ जना मतदाता रहेकोमा ७१ हजार ८ सय १३ मतदान भएको छ ।

दुईवटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको दैलेखमा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। बिहान ७ बजेदेखि सुरू भएको मतदानमा साँझ ५ बजेसम्म जिल्लाका २ सय १० वटा मतदान स्थलवाट मतदान भएको थियो ।

कुल मतदाता मध्ये ३२ हजार ३ सय २९ महिला र ३९ हजार ४ सय ८४ पुरूष गरी कुल ७१ हजार ८ सय १३ मतदान भएको हो । मुख्य निर्वाचन अधिकृत कुल प्रसाद पाण्डेकाअनुसार मतपेटिका जम्मा भएपछि वैठक बसेर मतगणना हुने जानकारी दिनु भयाे ।

जिल्लाभरका मतदान केन्द्रमा मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सञ्चालन भई सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी आनन्द सारूले जनाकारी दिनुभयाे ।


Image

चक्र भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दैलेख संवाददाता हुन् ।