
धनकुटा । धनकुटाको मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा दुई अस्थायी मतदान केन्द्रकाे मतपेटिका पुर्याइएकाे छ।
जिल्ला कारागार र धनकुटा-६ स्थित गाेकुण्डेश्वर मावि अस्थायी केन्द्रकाे मतपेटिका ल्याइएकाे मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ।
मुख्य निर्वाचन अधिकृतकाे कार्यालय रहेकाे सामुदायिक भवन मतगणना स्थल हाे।