
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत उदयपुर जिल्लामा दिउँसो चार बजेसम्म करिब ४६ प्रतिशत मतदान भएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय उदयपुरका अनुसार जिल्लामा रहेका दुईवटा निर्वाचन क्षेत्रमा गरी २ लाख ३८ हजार ९२६ मतदाता मध्ये १ लाख ९ हजार ४२८ मत खसेको जानकारी दिएको छ। निर्वाचन क्षेत्र नं. १ मा कुल १ लाख ४३ हजार ८०४ मतदाता मध्ये ७२ हजार ३६२ मत खसेको छ।
यसमध्ये ३६ हजार ७३७ महिला र ३५ हजार ६२५ पुरूष मतदाता सहभागी भएका छन्। उक्त क्षेत्रमा करिब ५१ प्रतिशत मतदान भएको छ। त्यसैगरी निर्वाचन क्षेत्र नं. २ मा कुल ९५ हजार १२२ मतदाता मध्ये ३७ हजार ६६६ मत खसेको छ। यसमध्ये १८ हजार ६३४ महिला र १९ हजार ३३२ पुरूष मतदाता सहभागी भएका छन्।
यस क्षेत्रमा करिब ३९ प्रतिशत मतदान भएको छ। मतदान शान्तिपूर्ण रूपमा जारी रहेको र बाँकी समयसम्म मतदाताको सहभागिता केही बढ्ने अपेक्षा गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय उदयपुरले जनाएको छ।