रोल्पामा ३ बजेसम्म ३९.२८ प्रतिशत मत खस्यो

फाल्गुन २१, २०८२ |मीनराज रोका
रोल्पामा ३ बजेसम्म ३९.२८ प्रतिशत मत खस्यो

रोल्पा । जिल्लाभर दिउँसो ३ बजेसम्म ३९.२८ प्रतिशत मत खसेको छ ।

एउटामात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको रोल्पा दिउँसो ३ बजेसम्म ३९.२८ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय रोल्पाले जानकारी दिएको हाे । कुल १ लाख ४९ हजार ५ सय ९७ मतदाता रहेको रोल्पा अहिलेसम्म ५९ हजार २ सय १९ मत खसेको निर्वाचन कार्यालय रोल्पाले जनाएको छ ।

रोल्पामा ८६ वटा मतदान स्थल र दुई अस्थायीसहित १ सय ८२ मतदान केन्द्र छन्।


Image

मीनराज रोका

रोका कान्तिपुर टेलिभिजन रोल्पा संवाददाता हुन् ।