मकवानपुरमा ३४ प्रतिशत मत खस्यो

फाल्गुन २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
मकवानपुरमा ३४ प्रतिशत मत खस्यो

हेटौडा । मकवानपुरमा २ बजेसम्म करिब ३४ प्रतिशत अर्थात् १ लाख ६६ हजार ७३ मत खसेको। छ । 

दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरमा ३ लाख १५ हजार ३३४ मतदाता रहेका छन् । सबै मतदान केन्द्रमा शान्तिपूर्ण ढंगले मतदान कार्य भइरहेको निर्वाचन कार्यालयले जनाएको छ । 

३७४ वटै मतदान केन्द्रमा शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको बागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख हरीप्रसाद ढकालले बताउनुभयाे । दिउँसो २ बजेसम्म ३४ प्रतिशत मत खसिसकेको छ उहाँले भन्नुभयाे ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.