पाल्पामा सातवटा महिलामैत्री मतदान केन्द्र निर्माण

फाल्गुन २०, २०८२ |कान्तिपुर टीभी संवाददाता
पाल्पामा सातवटा महिलामैत्री मतदान केन्द्र निर्माण

पाल्पा । पाल्पामा सातवटा महिलामैत्री मतदान केन्द्र निर्माण भएको छ । 

क्षेत्र नम्बर १ मा तीन र क्षेत्र नम्बर २ मा चार वटा महिलामैत्री नमुना मतदान केन्द्र बनाइएको हो । क्षेत्र नम्बर २ अन्तर्गत तानसेन नगरपालिका वडा नम्बर ३ को बालमन्दिर आधारभूत विद्यालय 'क' केन्द्र, वडा ४ को त्रिभुवन बहुमुखी क्याम्पस 'ख' केन्द्र, अस्थायी मतदान केन्द्र कारागार कार्यालय, अस्थायती मतदान केन्द्र टुँडिखेललाई महिलामैत्री बनाइएको मुख्य निर्वाचन अधिकृत हरिप्रसाद शर्मा उपाध्याय पंज्ञानीले जानकारी दिनुभयो । 

महिलामैत्री केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी कर्मचारी महिलामात्र छन् । महिलाले मात्रै काम गर्न सक्छन् भन्ने विश्वासका साथ क्षेत्र २ मा चार केन्द्रमा महिलामात्रै खटाइएको हो । यसैगरी क्षेत्र नम्बर १ अन्तर्गत रामपुर नगरपालिकाको वडा नम्बर ७ स्थित आधारभूत मावि डुम्रीगाउँ 'ख' रम्भा गाउँपालिका-१, हुँगीस्थित जनकल्याण मावि हुँगी 'ख' केन्द्र र तानसेन नगरपालिका वडा नम्बर ८ मदनपोखरास्थित शारदा मावि 'ग' केन्द्र नमुना मतदान केन्द्र निर्माण गरिएको निर्वाचन अधिकृत दशरथ पंगेनीले जानकारी दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.