आयोगको निमन्त्रणामा १५ जना विदेशी पाहुना निर्वाचन पर्यवेक्षण गर्न आउँदै

अन्तर्राष्ट्रिय तीनसहित ४३ संस्थाले निर्वाचनको पर्यवक्षेण गर्ने
फाल्गुन १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
आयोगको निमन्त्रणामा १५ जना विदेशी पाहुना निर्वाचन पर्यवेक्षण गर्न आउँदै

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको ४३ वटा संस्थाले पर्यवेक्षण गर्ने भएका छन् ।

निर्वाचन आयोगले तीनवटा अन्तर्राष्ट्रिय र ४० वटा राष्ट्रिय गरी ४३ संस्थालाई पर्यवक्षेणको लागि अनुमति दिएको हो । आयोगले ४० वटा राष्ट्रिय पर्यवेक्षण संस्थालाई प्रशिक्षण पनि दिइसकेको छ । आचारसंहिता अनुगमन तथा पर्यवेक्षण समितिका संयोजक समेत रहनुभएका आयुक्त सगुन शमशेर जबराले तोकिएको आधार र प्रक्रिया पूरा गरेका तीन अन्तर्राष्ट्रिय र ४० वटा राष्ट्रिय संस्थाहरूले निर्वाचनको पर्यवेक्षण गर्ने जानकारी दिनुभयो । 

त्यसैगरी आयोगको निमन्त्रणामा विभिन्न मुलुकका निर्वाचन आयुक्तसहित १५ जना विदेशी पाहुना पनि निर्वाचन पर्यवेक्षणको लागि आउने भएका छन् । विदेशी पाहुना, कुटनीतिक नियोगका प्रतिनिधि तथा दूतावासका प्रतिनिधिहरूलाई मतदानको दिन अनुगमनका लागि सहजीकरण गर्न परराष्ट्र मन्त्रालयबाट ५२ जना लियाजोन अधिकृतहरू परिचालन भएको पनि आयुक्त जबराले जानकारी दिनुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.