बीबीसीको डक्युमेन्ट्रीले निर्वाचन आचारसंहिता उल्लंघन : निर्वाचन आयोग

फाल्गुन १४, २०८२ |कान्तिपुर टीभी संवाददाता
बीबीसीको डक्युमेन्ट्रीले निर्वाचन आचारसंहिता उल्लंघन : निर्वाचन आयोग

काठमाडौै । जेन-जी आन्दोलनबारे बीबीसी वर्ल्ड सर्भिसले बनाएको डक्युमेन्ट्रीले निर्वाचन आचारसंहिता उल्लंघन भएको निर्वाचन आयोगले ठहर गरेको छ । आयोगको बिहीबार साँझको बैठकले उक्त भिडियो डक्युमेन्ट्रीमा आवश्यक कारबाही गर्न प्रेस काउन्सिललाई पत्राचार गर्ने निर्णयसमेत गरेको छ ।

जेन-जी आन्दोलनका क्रममा सुरक्षा निकायबाट भएको बल प्रयोगबारे बीबीसीले आज डक्युमेन्ट्री प्रसारण गरेको थियो । उक्त डक्युमेन्ट्रीमा २३ भदौका दिन दिउँसो १२:४० मा पी-वान कलसाइन भएका व्यक्तिले कर्फ्यु लागिसकेकाले आवश्यक बल प्रयोग गर्न आदेश लिइरहनु नपर्ने सन्देश दिएको उल्लेख छ । पी-वान नेपाल प्रहरीका महानिरीक्षकको कलसाइन हो ।

आयोगले आजै दुई उम्मेदवार र एक राजनीतिक दललाई आचारसंहिता उल्लंघनको कारबाही गरेको छ । नेपाली कम्युनिस्ट पार्टीका शक्तिबहादुर बस्नेत, स्वतन्त्र उम्मेदवार निकोलस भुसाल र श्रम संस्कृति पार्टीलाई २५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.