परराष्ट्रमन्त्रीसँग चिनियाँ राजदूतको भेट

फाल्गुन १३, २०८२ |कान्तिपुर टीभी संवाददाता
परराष्ट्रमन्त्रीसँग चिनियाँ राजदूतको भेट

काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्मासँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले बुधबार शिष्टाचार भेट गर्नुभएको छ ।

मन्त्री शर्माको कार्यकक्षमा भएको उक्त भेटमा नेपाल-चीन सम्बन्धका साथै आपसी हित र सहयोगका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बुधबारनै मन्त्री शर्मासँग नेपालका लागि मालदिभ्सका गैरआवासीय राजदूत आइशात अजिमाले पनि शिष्टाचार भेट गर्नुभएको छ । त्यस अवसरमा उहाँहरूबीच द्विदेशीय सम्बन्धका विविध पक्षबारे विचारविमर्श भएको थियो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.