
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुदूरपश्चिमको धनगढीमा चुनावी सभा गरेर आफूहरूले पाँच वर्षको स्थायी सरकार मागेको बताएको छ।
फागुन २१ गतेको निर्वाचनबाट इतिहास बदलिने दाबी गर्दै रास्वपाका नेताहरूले सुदूरपश्चिमलाई विकासको मुलधारमा जोड्ने वाचा गरेका छन् । धनगढीमा आयोजित चुनावी सभामा सभापति लामिछानेले जनताका अधिकार स्थापित गर्न पाँच वर्ष स्थायी सरकार चाहिएको बताउनुभयो ।
विगतमा वाचा गरेर पूरा नगर्नेलाई मतदाताले सजाय दिनुपर्ने बताउनुभयो । उहाँले भारतमा काम गर्ने सुदूरपश्चिमका जनतालाई पनि सम्झना सुनाउँदै परदेशको भूमिमा काम गर्नु सजिलो नभएको बताउनुभयो । आफूहरू इतिहास बदल्ने सोच लिएर आएको भन्दै उहाँले यसपटक मत नबाँड्न पनि अनुरोध पनि गर्नुभयो ।
उहाँले आफू खुद्रामा कुरा गर्न नआएर एकैपटक सबै बदल्न आएकाले सिंहदरबार बनाउने भन्दा पनि बदल्न जरूरी भएको दाबी गर्नुभयो ।