
धनकुटा । भोजपुरमा नेपाली सेनाका जवान लिएर जाँदै गरेको बस भोजपुर नगरपालिका र टेम्के मैयूङ गाउँपालिकको सीमामा दुर्घटनामा परेको छ ।
दुर्घटनामा सेनाका २३ जना घाइते भएका छ्न् । घाइतेमध्ये आठ जना गम्भीर प्राकृतिका घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको भोजपुरका प्रमुख जिल्ला अधिकारी राजन पौडेलले बताउनुभयाे । बाँकिको भोजपुर मै उपचार भैरहेको पौडेलले जानकारी दिनुभयाे । बसमा स्टाफसहित २६ जना थिए ।
बसब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने भोजपुरका प्रमुख जिल्ला अधिकारी राजन पौडेलले बताउनुभयाे । थप विवरण आउन बाँकी छ ।