
डिभिजन वन कार्यालय धादिङले जिल्लाको सिद्धलेक गाउँपालिका-१ का सामुदायिक वनका उपभोक्तालाई काँडे भ्याकुरको महत्वका बारेमा जानकारी गराइ संरक्षण गर्न जागरण कार्यक्रम थालेको हो ।
काँडे भ्याकुर १२ सय मिटरभन्दा माथिको भू-भागमा बस्ने गर्छ । यो चरा धेरैजसो धादिङको सिद्धलेकको नलाङ क्षेत्रमा भेटिन्छ ।