मिथिला मध्यमा परिक्रमा र चुनावको मिति जुधेपछि साधुसन्त चिन्तित

माघ २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
मिथिला मध्यमा परिक्रमा र चुनावको मिति जुधेपछि साधुसन्त चिन्तित

जनकपुर । त्रेता युगमा अयोध्याका राज कुमार रघुवंशी राम र मथिलाकी राज कुमारी सीता बीच कसिएको लगन गाँठोको गाथा अझै पनि चर्चित छ र आत्मसात गरिन्छ । राजा जनकको राज्य मिथिला र राजधानी जनकपुरधामलाई केन्द्रमा राखेर प्रत्येक वर्ष भक्तिभाव, आस्था र विश्वासका साथ मिथिला मध्यमा परिक्रमा घुम्ने पौराणिक चलन छ । यसमा नेपाल र भारतका लाखौं साधु सन्त गृहस्थ आश्रमका नरनारी सहभागी हुने गर्छन् । तर, यस पटक भने आसन्न निर्वाचनको मुखमै परिक्रमा परेका कारण सबैको चिन्ता बढाएकोछ ।

विश्वभरका हिन्दुको अस्थाको केन्द्र मिथिलाको मध्य भागको वाषिर्क आवधिक यात्राको तिथि नजिकिएको छ । नेपाल र भारतमा यो धार्मिक पद यात्रालाई मिथिलाको महाकुम्भ समेत भन्ने गरन्छि । धनुषाको कचुरी मठ बाट मिथिला बिहारी र जनकपुरधामको सुन्दर सदनबाट किशोरीजीको डोलाको नेतृत्वमा विधिवत रुपमा आगामी फागुन ५ गते निस्कने १५ दिने परिक्रमा प्राचिन मथिलाको मध्य भागको यात्रा हो ।

यसले ४० कोस अर्थात १ सय २८ किलोमिटर गोलाकार मार्गको दुरी तय गर्दछ । जानकारहरुका अनुसार १८ औा शताब्दीमा रचिएको मथिला महात्म्य महाकाव्यमा वर्णन गरिए अनुसार यो परिक्रमा रामायणका धेरै जसो पक्षसाग सम्बन्ध राख्ने स्थान छुने गर्दछ । फागुनको औासी देखि पूणिर्मा सम्म चल्ने परिक्रमामा साधुसन्त लगायत भक्तजन परम्परागत बाजागाजा, झााकी र कीर्तन सहितका मौलिक पहिरनमा पैदल यात्रा गर्ने परम्परा छ । तर, यो पदयात्रा सागै फागुन २१ गतेको निर्वाचनको मिति जुधेकाले साधु सन्त र गृहस्थ समाजलाई चिन्ता बढाएको छ ।

महाशिव रात्री सम्पन्न भए लगत्तै प्रारम्भ हुने र लामो समय चल्ने धार्मिक पदयात्राको १५ विश्राम स्थल मध्ये ११ नेपालमा र चार भारतमा रहेका छन् । भारतको कल्याणेश्वरबाट फागुन १९ गते बाजा गाजा रगाडी सहितको लावा लस्करमा हजारौं साधुसन्त र श्रद्धालुहरु जनकपुरधाम पुनः फर्किने र २० गते जनकपुरधामकै पञ्चकोशी अन्तर गृह परिक्रमा पछि यो धार्मिक यात्रा समापन हुनेछ । तर, २१ गतेको निर्वाचनमा दुई दिन अघि देखि सीमानाका बन्द र मौन अवधि रहने भएकाले पदयात्राका सहभागी कसरी जनकपुर आउने र लगत्तै होली पर्व मनाउन कसरी फर्किने भन्ने बारे अहिले सर्वत्र चिन्ता र चासोको विषय बनेको छ ।

प्राचिन मथिलाको राजधानी जनकपुरधामको चारैकुनामा राजाजनकले स्थापना गर्नुभएका चार शिवालय कल्याणेश्वर, जलेश्वर, क्षीरेश्वर र सप्तेश्वरनाथलाई आधार मानेर मिथिला मध्यमा परिक्रमा गर्ने परम्परा छ । यस परिक्रमामा सहभागी भएमा राजाजनकले पुनःगृहस्थाश्रममै रही सम्पूर्ण राजकाज चलाएरै मोक्ष प्राप्त गर्न सफल हुनु भएको मानिन्छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.