पेस्तोलसहित ललितपुरको चाकुपाटबाट ३ जना पक्राउ

माघ २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
पेस्तोलसहित ललितपुरको चाकुपाटबाट ३ जना पक्राउ

ललितपुर ।  ललितपुर महानगरपालिका–१० स्थित चाकुपाटमा सशस्त्र नेपाल इन्टेलिजेन्स ब्युरोबाट खटिएको विशेष टोलीले विशेष सूचनाको आधारमा छापा मारेर ३ जनालाई पक्राउ गरेको छ।

उक्त स्थानमा घर भाडामा बस्दै आएका स्थायी वतन जिल्ला दोलखा भिमेश्वर नगरपालिका–०९ लाकुरीडाँडा बस्ने वर्ष २२ का सुमन तामाङ (कोठाबाट बरामद), स्थायी वतन जिल्ला रौतहट चन्द्रनिगाहपुर घर भई सोही स्थानमा घर भाडामा बस्ने वर्ष २२ का सुशील स्याङ्तान र स्थायी वतन जिल्ला सुनसरी धरान–१५ घर भई सोही स्थानमा घर भाडामा बस्ने वर्ष १८ का विप्लव राईलाई पक्राउ गरिएको हो।

पक्राउ परेका व्यक्तिहरूबाट भदौ २३/२४ गते सम्पन्न जेन–जि आन्दोलनका क्रममा नेपाल प्रहरीबाट चोरी भएको थान–१ नम्बर SAA100634F रिभल्भर पेस्तोल तथा ३ थान एन्ड्रोइड मोबाइल बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बल नेपालका सह–प्रवक्ताले दिएको जानकारी अनुसार पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि प्रहरी प्रभाग पुल्चोकमा हस्तान्तरण गरिएको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.