सबै काम पूरा गर्न सकिन होला तर बिगारेको केही छैन : महामन्त्री पौडेल

माघ १७, २०८२ |कान्तिपुर टीभी संवाददाता
सबै काम पूरा गर्न सकिन होला तर बिगारेको केही छैन : महामन्त्री पौडेल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले युवा पुस्ताको आवाज सबैभन्दा बढी कांग्रेसले आत्मसात गरेको दाबी गर्नुभएको छ ।

शनिबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का मतदाताहरूसमक्षको भेटघाट कार्यक्रमाा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गत भदौ २३ र २४ गतेको आन्दोलनमा अराजकता मात्रै भएको दाबी आफूहरूले नगरेको भन्दै युवा पुस्ताको आन्दोलनलाई आफूहरूले आत्मसात गरेको जिकिर गर्नुभयो । 

महामन्त्री पौडेलले सुशासन सबै नेपाली जनताले चाहेको भन्दै नागरिक स्वतन्त्रता उपयोग गर्ने कुरामा कतै बन्देज हुनु नहुने बताउनु भयो । भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको मुद्दा सबैभन्दा बढी नेपाली कांग्रेसले आत्मसात गरेको उहाँको दाबी छ । आफूले गत निर्वाचनमा बोलेका सबै कुरा गर्न नसके पनि कुनै नराम्रो काम नगरेको बताउनु भयो । सरकारमा रहेर आफूले समस्या र समाधानका उपायहरू केलाएको बताउनु भयो ।

महामन्त्री पौडेलले यसअघि जिताउँदा बेलाको जस्तै आफू अहिले पनि त्यस्तै रहेको बताउनु भयो । आफूप्रतिको विश्वास आगमी निर्वाचनमा पनि गरिदिन आग्रह गर्नुभयो । उहाँले नयाँ पन खोजिएको अवस्थामा नयाँ फेरिने मात्रै नभइ परिणाम सकारात्मक खोजिएको बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.