‘सामाजिक सञ्जालमार्फत निर्वाचनमा गलत सन्देश दिने उम्मेदवारहरूलाई सरकारले तत्काल कारबाही गर्नुपर्छ’

माघ १४, २०८२ |कान्तिपुर टीभी संवाददाता
‘सामाजिक सञ्जालमार्फत निर्वाचनमा गलत सन्देश दिने उम्मेदवारहरूलाई सरकारले तत्काल कारबाही गर्नुपर्छ’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी राष्ट्रिय सभाकी प्रमुख सचेतक मदनकुमारी साह गरिमाले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बुधबार बसेको राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै उहाँले सामाजिक सञ्जालमा गलत र भ्रामक समाचार प्रवाह गर्ने व्यक्ति र उम्मेदवारलाई तत्काल कारबाही गरी निर्वाचनलाई निष्पक्ष रूपमा सम्पन्न गर्न सरकारसँग माग गर्नु भएको हो । 

प्रमुख सचेतक साहले गलत सन्देशमा भरमा नपर्न आम मतदातालाई पनि अपील गर्नुभयो । उहाँले भन्नुभयो,‘म मतदाताहरूलाई अपील र अनुरोध गर्दछु–सामाजिक सञ्जालमा आएको सबै कुराहरू सत्य हुँदैनन । भेरीफाई गरेर मात्रै बुझौ । गलत र भ्रामक सन्देश सम्प्रेषण गर्ने व्यक्ति र उम्मेदवारलाई कानुनको दायरामा ल्याई निर्वाउनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन म अध्यक्षमार्फत सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु ।’

प्रमुख सचेतक साहले निर्वाचनमा गलत सन्देश दिने काम कुनै पनि दल र उम्मेदवारले गर्न नमिल्ने पनि स्पष्ट पार्नुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.