प्रतिनिधि सभा निर्वाचनका लागि ३१ सयभन्दा बढीको उम्मेदवारी दर्ता

माघ ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रतिनिधि सभा निर्वाचनका लागि ३१ सयभन्दा बढीको उम्मेदवारी दर्ता

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि देशभर उत्साहजनक र शान्तिपूर्ण रूपमा उम्मेदवारी मनोनयन भएको छ । 

प्रत्यक्षतर्फ एक सय ६५ निर्वाचन क्षेत्रमा हुने चुनावका लागि देशभर ३ हजार १ सय २३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जेन-जी आन्दोलनपछि हुन लागेको निर्वाचनलाई राजनीतिक रूपमा परिवर्तन र रूपान्तरणको जनमतका रूपमा हेरिएको छ ।

देशैभरका निर्वाचन कार्यालयमा राजनीतिक दलका र स्वतन्त्र उम्मेदवारहरू मनोनयनका लागि बिहान १० बजे नै पुगेका थिए । आयोगले उम्मेदवारहरूलाई मनोनयनमा आउन समय तोकेर दिएकोले अधिकांश स्थानमा शान्तिपूर्ण र सहज रुपमा उम्मेदवारी दर्ता भएको हो । 

उम्मेदवारी दर्तासँगै मुलुक निर्वाचनमय बनेको छ । अब उम्मेदवार उपर बुधबार कार्यालय समयभित्र दाबी विरोध गर्न सकिने कार्यसूची रहेको निर्वाचन आयोगले जनाएको छ । प्रदेश र स्थानीय तहबाट राजीनामा दिएर प्रतिनिधि सभामा उम्मेदवारी परेपछि आयोगले रिक्त क्षेत्रमा ६ महिनाभित्रै उपनिर्वाचनको मिति तोकिने जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.