मोरङ-३ बाट सुनिल शर्माद्वारा उम्मेदवारी दर्ता

माघ ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
मोरङ-३ बाट सुनिल शर्माद्वारा उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिलकुमार शर्माले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर ३ बाट उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ । 

मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर शर्माले समर्थकहरूको बाक्लो उपस्थितिमा मनोनयन पत्र दर्ता गराउनुभएकाे हाे । नेपाली कांग्रेसबाट सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस भएका शर्मा यसअघि २०७९ को निर्वाचनमा पनि सोही क्षेत्रबाट भारी मतान्तरले विजयी हुनुभएको थियो । 

मनोनयन दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै डा. शर्माले जनताको सेवा र विकासलाई नै आफ्नो मुख्य प्राथमिकतामा राख्ने बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.