पूर्वसभामुख घिमिरे र पूर्वउपसभामुख रानाद्वारा उम्मेदवारी दर्ता

माघ ६, २०८२ |रासस
पूर्वसभामुख घिमिरे र पूर्वउपसभामुख रानाद्वारा उम्मेदवारी दर्ता

झापा । पूर्वसभामुख देवराज घिमिरले झापा निर्वाचन क्षेत्र नं २ मा आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ ।

उहाँले अर्जुनधारा नगरपालिकास्थित-२ निर्वाचन कार्यालयमा पुगेर नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट मनोनयन दर्ता गराउनुभएको निर्वाचन अधिकृत महेश खत्रीले जानकारी दिनुभयो । उहाँको समर्थकमा एकराज कार्की र प्रस्तावकमा चिन्तन पाठक रहनुभएको छ ।

यसैगरी पूर्वउपसभामुख इन्दिरा राना मगरले पनि सोही निर्वाचन क्षेत्रमा आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँले अर्जुनधारा नगरपालिकास्थित–-२ नम्बर निर्वाचन कार्यालयमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट मनोनयन दर्ता गराउनुभएको निर्वाचन अधिकृत महेश खत्रीले जानकारी दिनुभयो ।