हर्क साम्पाङद्वारा सुनसरी-१ बाट उम्मेदवारी दर्ता

माघ ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
हर्क साम्पाङद्वारा सुनसरी-१ बाट उम्मेदवारी दर्ता

सुनसरी । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सुनसरी क्षेत्र नम्बर-१ बाट उम्मेदवारी दर्ता गराउनुभएकाे छ । 

उहाँले म‌ंगलबार निर्वाचन अधिकृतकाे कार्यलय पुगी उम्मेदवारी दर्ता गराउनुभएकाे हाे । मेयर पदबाट राजीनामा दिएपछि साम्पाङले संसदीय राजनीतिमा औपचारिक प्रवेश गर्दै प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनभएकाे छ ।

साम्पाङसँगै सुनसरी-१ बाट अन्य उम्मेदवारहरूले पनि मनोनयन दर्ता गराएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.