प्रतिनिधि सभा सदस्य निर्वाचन : २ बजेसम्म ८६१ जनाको उम्मेदवारी दर्ता

माघ ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रतिनिधि सभा सदस्य निर्वाचन : २ बजेसम्म ८६१ जनाको उम्मेदवारी दर्ता

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा देशका सबै १६५ निर्वाचन क्षेत्रमा अपराह्न २ः०० बजेसम्म ८६१ उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन् ।

निर्वाचन आयोगका अनुसार उत्साहपूर्वक ती निर्वाचन क्षेत्रमा मनोनयन भइरहेको छ । मंगलबार अपराह्न ५ देखि ७ः०० बजेसम्म उम्मेदवारको सूची प्रकाशन गरिने छ । बुधबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी गर्ने र माघ ८ गते साँझ ७ बजे उम्मेदवारको नामावली प्रकाशन गरिने छ । माघ ९ गते बिहान १० देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् ।

यही माघ ९ गते दिउँसो १ देखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी त्यसै दिन अपराह्न ४ देखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.