पूर्वप्रधानमन्त्री डा.भट्टराईद्वारा उम्मेदवारी दर्ता

माघ ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
पूर्वप्रधानमन्त्री डा.भट्टराईद्वारा उम्मेदवारी दर्ता

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि गोरखा निर्वाचन क्षेत्र नं २ बाट मनोनयन दर्ता गराउनुभएको छ । 

निर्वाचन अधिकृतको कार्यालय पुगेर उहाँले मंगलबार मनोनयन दर्ता गराउनुभएको हाे । डा. भट्टराईको प्रस्तावकमा प्रगतिशील लोकतान्त्रिक पार्टीका जिल्ला संयोजक नारायण खत्री र समर्थकमा जेन-जी अगुवा रिजन राना मगर रहनुभएको छ । 

विसं २०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग नलिनुभएका डा. भट्टराई संविधान सभा सदस्य निर्वाचन २०६४ र २०७४ को आमनिर्वाचनमा भने सोही निर्वाचन क्षेत्रबाट विजयी हुनुभएको थियो । २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा उहाँ गोरखा निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित हुनुभएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.