मधेशका पूर्वमुख्यमन्त्री सिंहले दिए प्रदेश सभा सदस्यबाट राजीनामा

माघ ५, २०८२ |रासस
मधेशका पूर्वमुख्यमन्त्री सिंहले दिए प्रदेश सभा सदस्यबाट राजीनामा

धनुषा । मधेस प्रदेशका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिनुभएको छ ।

जनकपुरधामस्थित मधेस प्रदेश सभा कार्यालयमा प्रदेश सभाका सभामुख रामअशिष यादवसमक्ष पूर्वमुख्यमन्त्री सिंहले राजीनामा पत्र बुझाउनुभएको हो । मधेस प्रदेशसभाको प्रदेश सभा सचिवालयमा पेस गरिएको राजीनामा पत्रमा उहाँले नेपालको संविधान २०७२ को धारा १८० (क) तथा प्रदेश सभा कार्य सञ्चालन नियमावली २०७५ को नियम १८४ (१) बमोजिम प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएको उल्लेख गर्नुभएको छ ।

जनमत पार्टीबाट सप्तरीको प्रदेशसभा निर्वाचन क्षेत्र नं २ (क) बाट निर्वाचित सिंहले आजैदेखि लागू हुनेगरी राजीनामा दिनुभएको हो ।