जनकपुरमा रवि र बालेन्द्रले सम्बोधन गर्दै

माघ ५, २०८२ |कान्तिपुर टीभी संवाददाता
जनकपुरमा रवि र बालेन्द्रले सम्बोधन गर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले साेमबार जनकपुरको तिरहुतिया गाछीमा पहिलो चुनावी सभा आयोजना गरेको छ । 

'परिवर्तन उद्घोष' नाम दिइएको सभामा रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले सम्बोधन गर्दै हुनुहुन्छ । बालेन्द्र शाह काठमाडौं महानगर प्रमुखबाट राजीनामा दिएर चुनावी अभियानमा सहभागी हुन जनकपुर पुग्नुभएको हो । यसअघि साेमबार बिहान वरिष्ठ नेता बालेन्द्र शाहले मधेश आन्दोलनका सहिदको सालिकमा माल्यार्पण गर्नुभएको थियो । 

आन्दोलनका प्रथम सहिद रमेश महतोसहित विजय सहनी, प्रमोद सदाय, बेचन यादव, अनिष अन्सारीलगायतको लहानस्थित रहेको शालिकमा बालेन्द्रले माल्यार्पण गर्नुभएको हो । जनकपुरस्थित जानकी मन्दिरमा पुजापाठ गरेर बिहानै लहान पुगेका बालेन्द्रसँग युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, नेता अमरेशकुमार सिंह पनि हुनुहुन्थ्यो । 

मधेश आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदको सम्झनामा त्यसयता प्रत्येक माघ ५ गतेलाई बलिदानी दिवसका रूपमा मनाउने गरिन्छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.