निर्धारित समयमा नै निर्वाचन हुनुपर्छ, दुई दिनभित्र उम्मेदवार टुंग्याउँछाैँ : विश्वप्रकाश शर्मा

माघ २, २०८२ |कान्तिपुर टीभी संवाददाता
निर्धारित समयमा नै निर्वाचन हुनुपर्छ, दुई दिनभित्र उम्मेदवार टुंग्याउँछाैँ : विश्वप्रकाश शर्मा

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्धारित समयमा नै निर्वाचन हुनुपर्ने बताउनुभएको छ ।

आधिकारिकतासम्बन्धी जानकारी दिनका लागि शुक्रबार निर्वाचन आयोगमा पुग्नुभएको शर्माले नेपाली कांग्रेसको विवादका कारण निर्वाचन रोकिन नहुने बताउनु भयो । उहाँले गगन थापा नेतृत्वको कांग्रेसले दुई दिनभित्र सम्पूर्ण उम्मेदवारी टुंग्याउने जानकारी पनि दिनुभयो । 

संसदीय बोर्ड गठन गरिसकेको जानकारी दिनुहुँदै उहाँले १६५ वटै क्षेत्रमा उम्मेदवारी टुंग्याउने गरी आफूहरूले काम गरिरहेको बताउनु भयो । उहाँले आयोगले दिने निर्णयलाई ढिलाइ नगर्न पनि आग्रह गनुभयो । उहाँले भन्नुभयो, ‘माघ ६ आउनलाई ४ दिन बाँकी छ । हामीले यो जानकारी गराउन चाहन्छौँ । पार्टीको सभापति गगन थापाको नेतृत्वमा बसेको बैठकले संसदीय बोर्ड पनि गठन गरिसकेर हामी १६५ क्षेत्रकै लागि उम्मेदवारी अवको दुई दिनभित्र टुंग्याेउने गरी तम्तयार अवस्थामा हाम्रो टिमले काम गरिरहेको छ । घोषणा पत्रको टिमले काम गरिहेको छ । निर्धारित समयमा नै निर्वाचन हुनुपर्छ । यसमा हाम्रो सम्पुर्ण रूपले साथ रहन्छ । यसको कारणले कुनै असर पर्नु हुँदैन । निर्वाचन आयोगले यसमा निर्णय गर्ने कुरालाई ढिलो नगरिदिनुस् ।’

उहाँले आयोगले निर्णय दिएपछि देशभर निर्वाचनको माहोल बनाउन आफूहरूले सहयोग गर्ने बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.