कर्मचारी आन्दोलनका कारण बाराको सिम्रौनगढ नगरपालिकाको कामकाज ठप्प

सुरक्षा सुनिश्चित नभएसम्म काममा नफर्किने चेतावनी
पुस ३०, २०८२ |कान्तिपुर टीभी संवाददाता
कर्मचारी आन्दोलनका कारण बाराको सिम्रौनगढ नगरपालिकाको कामकाज ठप्प

बारा । बाराको सिम्रौनगढ नगरपालिकाको प्रशासनिक कामकाज सोमबारदेखि पूर्णरूपमा ठप्प बनेको छ ।

नगर उपप्रमुख नजमु शेहरले प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर साह लहेरामाथि कार्यालय परिसरमै दुर्व्यवहार गरेपछि आक्रोशित कर्मचारीहरू आन्दोलनमा उत्रिँदा कामकाज ठप्प भएको हो । सोमबारको उक्त घटनापछि नगरपालिकाका कर्मचारीहरूले आफ्नो सुरक्षा र सम्मान सुनिश्चित नभएसम्म काममा नफर्किने भन्दै अनिश्चितकालीन आन्दोलनमा उत्रिएका हुन् ।

आन्दोलनरत कर्मचारीहरूले जारी गरेको विज्ञप्तिमा कार्यालयभित्र कर्मचारीहरूको सुरक्षा, सम्मान तथा सुरक्षित कार्य वातावरण ग्यारेन्टी नभएसम्म नगरपालिकाअन्तर्गतका अत्यावश्यक सेवाबाहेकका सबै सेवा तथा शैक्षिक संस्थाहरू बन्द गरिएको उल्लेख गरिएको छ । कर्मचारी पक्षले उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.