विशेष महाधिवेशन पक्षको अडान : नयाँ नीति र नेतृत्व चयन हुन्छ

पुस २९, २०८२ |कान्तिपुर टीभी संवाददाता
विशेष महाधिवेशन पक्षको अडान : नयाँ नीति र नेतृत्व चयन हुन्छ

काठमाडौं । नेपाली कांग्रेसका विशेष महाधिवेशन प्रतिनिधिहरूले नयाँ नीति र नेतृत्व चयन गरिछोड्ने दृढता व्यक्त गरेका छन् ।

मंगलबार नयाँ नेतृत्व चयनका लागि कार्यतालिका सार्वजनिक गरेपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै विशेष महाधिवेशन प्रचार समितिले सो कुरा जानकारी गराएको हो । नयाँ नीति र नेतृत्व चयन गरेर मात्रै आफूहरू यो हलबाट निस्कने निष्कर्षमा पुगिएको प्रचार समितिका संयोजक सुवास पोखरेलले बताउनु भयो । 

उहाँले संस्थापन पक्षले आफूहरूको माग सम्बोधन गर्ने अवस्था नरहेपछि नै नयाँ नेतृत्व चयनको प्रक्रिया सुरू गरिएको पनि स्पष्ट पार्नुभयो । संयोजक पोखरेलले सो निर्वाचन प्रक्रियामा सहभागी भएर सभापति पदका लागि मनोनयनमा आउन सभापति शेरबहादुर देउवालाई समेत आग्रह गर्नुभयो । उहाँले संस्थापन पक्षसँग संवाद जारी रहे पनि निर्वाचनमा जाने र नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अब नरोकिने दोहोर्‍याउनु भयो ।

यता संस्थापन पक्षले भने विशेष महाधिवेशन विधानसम्मत नभएको जिकिर गर्दै आएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.