
काठमाडौं । नेपाली कांग्रेस सहमतिको प्रयासमा वार्ता र गुटगत दौडधुप बढिरहेका बेला विशेष महाधिवेशनको निर्वाचन प्रक्रिया अघि बढाइएको छ ।
भृकुटीमण्डपमा जारी बन्दसत्रले बनाएको नयाँ निर्वाचन समितिले निर्वाचन प्रक्रियालाई अघि बढाएको हो । वरिष्ठ अधिवक्ता सीताराम केसीको संयोजकत्वमा गठित पाँच सदस्यीय निर्वाचन समितिले बैठक बसेर निर्वाचन प्रक्रिया अघि बढाइएको हो । समितिले नयाँ नेतृत्व चयनका लागि कार्यतालिका सार्वजनिक गरेको छ ।
कार्यतालिका अनुसार, मंगलबार साँझ ९ बजेका लागि मतदानको समय तोकिएको छ । सार्वजनिक कार्यतालिकामा मध्याह्न साढे १२ बजे नै प्रथम मतदाता नामावली प्रकासन गर्ने उल्लेख छ । मतदाता नामावलीउपरको दाबी विरोध र छलफल साढे १ बजेसम्मका लागि तोकिएको छ ।
दिउँसो ४ बजे अन्तिम मतदाता नामावली प्रकासन गर्ने जनाइएको छ । साँझ पौने ९ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकासन हुने कार्यतालिकामा उल्लेख छ । पाँच सदस्यीय निर्वाचन समितिको बैठकले निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । निर्वाचन केन्द्रीय समितिका लागि हुने भएको छ ।
खम्बबहादुर खाती नेतृत्वमा हरेको निर्वाचन समितिलाई भंग गरेर मंगलबार बिहान केसीको नेतृत्वमा नयाँ समिति गठन गरिएको छ । यस्तै केन्द्रीय कार्यसमितिको बैठक आह्वान भएको छ ।

