लामो शीतलहरपछि मधेशमा पारिलो घाम, सर्वसाधारणले पाए राहत

पुस २८, २०८२ |अनिल मिश्र
लामो शीतलहरपछि मधेशमा पारिलो घाम, सर्वसाधारणले पाए राहत

जनकपुर । शीतलहरका कारण अत्यधिक चिसोले अस्तव्यस्त बनेको जनकपुरलगायतका क्षेत्रमा सोमबार घाम लागेपछि सर्वसाधारणले निकै राहत महसुस गरेका छन् । 

विगत ४ सातापछि सोमबार बिहानै ७ बजे घाम लागेपछि शीतलहर, कुहिरो र हुस्सुका कारण अत्तिनै पिडित बनेका मधेशका सर्वसाधारणले राहत महसुस गरेका हुन् । चिसो र जाडोले व्यापक समस्या पारेको बेला जनकपुर र सो वरिपरि पारिलो घाम लागेकोले जनजीवन चलायमान बनेको छ।

स्थानीयले घाम लागेसँगै नुहाउने र लुगा धोएर सुकाउने काम गरेका छन् । शितलहरका कारण विशेषगरी वृद्धवृद्धा, बालबालिका, सुत्केरी महिला र दैनिक ज्याला मजदुरी गर्ने सबभन्दा बढी प्रभावित भएका छन् । लगातार चार साताको शीतलहर र अत्याधिक चिसोका कारण घाम लाग्न नसकेपछि मानिस मात्र नभइ बोट बिरुवा, पशुपन्छी र कृषिजन्य वस्तु समेत नराम्ररी प्रभावित भएको हो । 

१५ वर्षपछि यस वर्ष धेरै दिनसम्म लगातार शीतलहर चल्नुका साथै घाम नलाग्ने सम्मका समस्या देखिएको हो । यसकारण सडकमा यातायातका सवारीसाधन र हवाई उडान समेत प्रभावित बनेको थियो ।


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।