एउटै व्यक्ति दोहोर्‍याएर प्रधानमन्त्री बन्न नपाउने व्यवस्था संविधानमा गर्नुपर्छ : विश्वप्रकाश शर्मा

पुस २८, २०८२ |कान्तिपुर टीभी संवाददाता
एउटै व्यक्ति दोहोर्‍याएर प्रधानमन्त्री बन्न नपाउने व्यवस्था संविधानमा गर्नुपर्छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुई पटक भन्दा बढी प्रधानमन्त्री बन्न नपाउने व्यवस्था संविधानमा नै गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ ।

पार्टीको विशेष अधिवेशनको बन्दसत्रमा सांगठानिक प्रतिवेदन पेस गर्दै उहाँले देश र पार्टी दुबै असफल हुने भएकाले एउटै व्यक्तिलाई दुई पटक भन्दा बढी प्रधानमन्त्री बन्न नपाउने गरी आफूले सो प्रस्ताव गर्नु परेको बताउनु भयो । महामन्त्री शर्माले मुलुकको अस्थिरताबाट स्थिरतामा लैजाने कुरामा पनि नेपाली कांग्रेसले अग्रसरता, पहलकदमी लिनुपर्ने बताउनु भयो ।

महामन्त्री शर्माले समन्यायिक विकासको अवधारणाअन्तर्गत सबै निर्वाचन क्षेत्रमा बजेट विनियोजन गर्नुपर्ने समेत बताउनु भयो । प्रभावशाली नेताहरूको निर्वाचन क्षेत्रमा बढी बजेट विनियोजन हुने गरेकाले अब समन्यायिक विकासको अवधारणाअनुसार बजेट विनियोजन गर्न आवश्यक रहेको उहाँको भनाइ थियो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.