नेपाली कम्युनिष्ट पार्टीका संयोजक दाहाल भारतमा

पुस २०, २०८२ |कान्तिपुर टीभी संवाददाता
नेपाली कम्युनिष्ट पार्टीका संयोजक दाहाल भारतमा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल भारत पुग्नुभएको छ ।

पार्टी निकट प्रवासी संगठनहरूको एकता सन्देश सभालाई सम्बोधन गर्न दाहाल आइतबार भारत प्रस्तान गर्नु भएको हो । भारत जानुअघि दाहालले ललितपुरको च्यासल एक नेताको घरमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएकाे थियाे । 

ललितपुरको च्यासलमा आइतबार भएको भेटवार्तामा निर्वाचनको वातावरण बनाउने विषयमा कुराकानी केन्द्रित भएको दाहालका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिनुभएको छ । त्यसबाहेक दुई नेताबीच राष्ट्रिय सभा निर्वाचनमा सहकार्य गर्ने विषयमा पनि छलफल भए पनि टुङ्गो लागिसकेको छैन।

संयोजक दाहालले फागुन २१ को निर्वाचनमा प्रमुख सबै दलले संविधानलाई सही दिशामा ल्याउनुपर्ने प्रस्ताव राख्नुभएको थियो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.