रेडियो कान्तिपुरको रोड सो ‘रेडियो अन ह्वील्स’ आजदेखि सुरू हुँदै

पुस १९, २०८२ |कान्तिपुर टीभी संवाददाता
रेडियो कान्तिपुरको रोड सो ‘रेडियो अन ह्वील्स’ आजदेखि सुरू हुँदै

काठमाडौं । रेडियो कान्तिपुरको रोड सो ‘रेडियो अन ह्वील्स’को सातौं संस्करण शनिबारदेखि सुरू हुँदैछ । 

नेपालगञ्जको बीपी चोकमा शनिबार दिउँसो ३ बजेपछि सुरू हुने यो संस्करणको ‘रेडियो अन ह्वील्स’ मुलुकका विभिन्न १५ सहरमा आयोजना हुनेछ । श्रोतासँग सम्बन्ध विस्तारका साथै रमाइला खेल र पुरस्कार वितरणसँगै सडकमै नाचगान गरेर रोड सो हुँदै आएको छ ।

कार्यक्रममा ख्यातिप्राप्त राष्ट्रिय कलाकारका साथै स्थानीय कलाकारले पनि एउटै मञ्चमा आफ्नो प्रस्तुति दिनेछन् । नेपालगञ्जबाट सुरू हुने रोड सो आगामी माघ ८ गते काठमाडौंमा कार्यक्रम गरेर सकिनेछ । नेपालगञ्जपछि धनगढी, सुर्खेत, बुटवल, पोखरा, नारायणगढ, हेटौंडा, वीरगञ्ज, जनकपुर, लहान, इटहरि, विराटनगर, विर्तामोड र धरानमा रोड सो हुनेछ ।

रेडियो अन ह्विल्समा सहभागीले यसपटक आगामी फेब्रुअरी-मार्चमा आयोजना हुने टी-२० विश्वकपको टिकटसहितको आकर्षक प्याकेज जित्ने मौका प्राप्त गर्नेछन् । हरेक स्थानका एकजना भाग्यशाली विजेताले टी-२० विश्वकपको प्याकेज जित्नेछन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.